एमाले संसदीय दलको बैठक रोक्न कार्यदलको सुझाव, पहिला १० बुँदे सहमति कार्यान्वयनको माग

पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलका सदस्यहरूले शुक्रवारका लागि बोलाइएको संसदीय दलको बैठक रोक्न माग गरेका छन् । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङमार्फत माधव नेपाल पक्षका कार्यदलका सदस्यहरूले भोलिको बैठक रोकेर स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।  अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रवार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् । कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टी एकता जोगाउन आफूहरू निरन्तर छलफलमा रहे...