अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनको राजधानी किएभमा रहेको अमेरिकी दूतावासबाट कूटनीतिकर्मीहरूलाई अन्यत्रै सार्न थालिएको जानकारी सोमवार दिएका छन् ।
उनीहरूलाई पोल्यान्डको सीमा नजिक रहेको लभिभ शहरमा लगिएको उनले बताए । रुसले युक्रेनमाथि कुनै पनि समयमा आक्रमण गर्न सक्ने भनी अमेरिकाले यस्तो कदम चालेको हो ।
दूतावास सारे पनि युक्रेन सरकारसँग सम्पर्क राखिरहने र युक्रेनलाई गरेको प्रतिबद्धता पूरा गर्ने उनले बताए ।
पूर्वसतर्कताका लागि कूटनीतिकर्मीहरूलाई दूतावासमा रहेका कम्प्युटरहरू र नेटवर्क...