नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा आइतबार पत्रकार सम्मेलन गरी पौडेलले पार्टी भित्रका विकृति र विसङ्गति हटाइ पार्टीलाई सुदृढ बनाउन सभापति पदमा उम्मेदवारी दिने योजना बनाएको बताए । उनले काँग्रेसका कार्यकर्तालाई पार्टीको जिम्मेवारीमा व्यस्त राख्दै क्षमता अनुरूपको जिम्मेवारी दिने योजना सहित आफूले लागेको पनि बताए । नेता पौडेलले विधि र पद्धतिमा पार्टी नचलेकाले त्यसलाई योजनाबद्ध प्रक्रियागतरुपमा चलाउनका लागि प्रदेशको