निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दसैंलगत्तै उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने बताएका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै बिहीबार आयोगमा गरिएको पत्रकार सम्मेलनमा उनले उम्मेदवारी दर्ता गर्ने मिति पछि तोक्ने बताए ।यस्तै निर्वाचनमा भाग लिने सांसदहरुको उम्मेदवारी दर्ता गरेकै दिनबाट पदावदी सकिने आयोगको धारणा रहेको उनले सुनाए । यस्तै व्यारेकमा रहेका सैनिक, वृद्धाश्रममा रहेका ब्यक्ति, कर्मचारील