काठमाडौं, कार्तिक १२ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिष्ट्रार लगायत शनिबार चीन भ्रमणमा गएका छन्। ‘सुप्रिम पिपुल्स कोर्ट अफ चीन’ का प्रधानन्यायाधीशको निमन्त्रणामा श्रेष्ठ नेतृत्वको टोली एक साताका लागि त्यसतर्फ गएको हो। नेपाली टोलीले चीनको अदालतका उच्च अधिकारीहरूसँग औपचारिक भेटघाट गरी त्यहाँको कानुन र न्याय प्रणालीसँग सम्बन्धित विषय र आपसी सहयोगका […]