भदौ १, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले फोहोरमैलाको व्यवस्थापनका लागि घरघरमै फोहोरमैला छुट्याउने अभियान चलाएको छ ।
कुहिने र नकुहिने फाहोर घरबाटै छुट्याउँदा व्यवस्थापन सहज हुने भएकाले यो उपाय अपनाइएको महानगर प्रमुख विजय कुमार सरावगीले बताए ।
यसका लागि महानगरपालिकाले घरघरमा डस्टविन वितरण गरेको छ । प्रत्येक घरमाकुहिने र नकुहिने फोहोर राख्न २ ओटा डस्टबिन बितरण गरिएको छ । हरियोमा कुहिने र रातोमा नकुहिने फोहोर राख्नमहानगरले आग्रह गरेको छ । घरबाटै छुट्याइएको फोहोर महानगरले संकलन गरी व्यवस्थापन गर्दै आएको छ ।
महानगरले डस्टविन निःशुल्क वितरण गरिएको बताएको छ ।
दोस्रो चरणमा मंगलवार महानगरपालिकाको वडा नं १,२,३,११,१३,१४,१५ र १६ का वडावासीलाई वितरण गरिएको हो । महानगर प्रमुख सरावगीले डष्टबिन वितरणसँगै चेतनामूलक कार्यक्रम पनि गरेको बताए ।
‘स्वच्छ तथा सफा वीरगंज महानगरको लागि गरिएको यो प्रयासलाई सफल पार्न नगरवासीको सहयोग र सहकार्यको पनि खाँचो छ,’ सरावगीले भने ।