काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको छ । शुक्रबार बसेको महानगरको नगरसभामा छलफलपछि महानगरको आगामी बर्षको बजेट संशोधनसहित पारित भएको महानगरप्रमुख बालेन्द्र शाहले घोषणा गरेका हुन् । शुक्रबारको नगरसभामा सदस्यहरुले रसला तण्डुकार ,मैयालक्ष्मी महर्जन, आशमान संगत लगायतले छुटेका योजनाहरु संशोधन गर्न सुझाव राखेका थिए । नगरसभामा प्रमुख शाहले बजेटमा राम्रा सुझावहरु आएको भन्दै राम्रा योजनालाई निरन्तरता दिने, फोहोर मैला व्यवस्थापनमा ध्यान दिने, खेलकुदस