शेयर बजारमा ब्याजदर वृद्धिको प्रभाव : एकैदिन १००.६७ अंकले घट्यो नेप्से परिसूचक

फागुन १, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०० दशमलव ६७ अर्थात् ३ दशमलव ५९ प्रतिशत घटेको छ ।  नेप्से परिसूचक २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२७ धितोपत्रको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयरको ८१ हजार ८३७ पटकमा रू. ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० दशमलव ६४ बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका २२७ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रको मूल्य बढेको छ भने बाँकी सबै धितोपत्रको मूल्य घटेको हो । कारोबारमा आएका २२७ ओटा धितोपत्र मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य घटेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ३७ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४६ मा झरेको हो ।  त्यसैगरी, दास्रोमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ८ दशमलव २६ प्रतिशत घटेर प्रतिकित्ता रू. ५०० कायम भएको छ । यस्तै, सर्वाधिक शेयर खरीदविक्री अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ  । कम्पनीको रू. ३२ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू. २ करोड ३९ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ ओटै समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । आइतवार सबैभन्दा बढी हाइड्रोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ४७ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् ।  समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक २ दशमलव ३९ प्रतिशत, व्यापार समूहको २ दशमलव २६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको ३ दशमलव ४९ प्रतिशत, विकास बैंक समूहको ४ दशमलव २३ प्रतिशत, वित्त समूहको ४ दशमलव ६५ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशमलव २७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ६१ प्रतिशत, अन्य समूहको ३ दशमलव १७ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ४९ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव ९१ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ९५ प्रतिशत  र लगनी समूहको परिसूचक ५ दशमलव शून्य ३ प्रतिशत घटेको छ ।  बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएसँगै आइतवार लगानीकर्ता बढी प्यानिक भएको देखिन्छ । सोही कारण एकै दिन नेप्से परिसूचक १०० अंकको गिरावट आएको छ ।  बैंक तथा वित्तीय संस्थाले फागुन महीनाका लागि नयाँ ब्याजर सार्वजनिक गरेका छन् । माघ महीनामा १० दशमलव ५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको ब्याजदर फागुन महीनामा अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ पुगेको छ । 

सम्बन्धित सामग्री

९.१८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ।बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो। पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ।बुधबार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि गिरावट आएको छ। अघिल्लो कारोबार

४५ भन्दा बढी अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीबार पनि उच्च अंकले गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ।त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंकले घटेको छ।बिहीबार कारोबारमा आएका २३७ कम्पनीको ५० लाख ८ हजार कित्ता शेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये विकास बैंक,

सातामा ३०.५४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ।अघिल्लो साता १४५.०८ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता ३०.५४ अंकले  घटेको हो। गत साताको अन्तिम कारोबार दिन शुक्रबार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रबारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ।साताको पाँच दिन भएको शेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एकदिन भने वृद्धि भएको थियो। पछिल्लो समय शेयर बजार लोमो समयदेखि निरन्तर रूपमा गिरावट हुँदै आएको छ।बजारमा आएको निरन्

३६.७३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : मंगलबार  १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार उच्च अंकले गिरावट आएको छ।बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले गिरावट आएको छ। बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता शेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।नेप्सेमा गिरावट आए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने सामान्य ब

१९.८४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ।आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ। बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५६ लाख ५२ हजार २८२ कित्ता शेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। मंगलबार  ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्

२२.११ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ।मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार पनि सोही गतिमा गिरावट भएर निरन्तरता पाएको छ।बुधबार नेप्से परिसूचक २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले गिरावट आएको छ।आज कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको छ। आज नेप्से परिसूचकसँगै कारो

सातामा १५१.६१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ।गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो। यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एकदिन भने सामान्य अंकले वृद्धि भएको छ।यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेर २ हजार ७७९.९८ विन्दुमा झरेको छ। अघिल्लो साता  ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले गिरावट आएको हो। पछिल्ल

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि खुम्चियो

१३ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घट्ने क्रम जारी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि ल्याएको त्रैमासिक समीक्षा पछि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५१ अंकले घटेर २ हजार ९ […]