औषधि उत्पादनको क्षेत्रमा एकर्ड पहिलो पब्लिक लिमिटेड हो, आईपीओ निकाल्दैछौं

अध्ययन गरेर नै यो क्षेत्रमा लागेका हौँ। बजारमा भएका औषधि हेर्दा गुणस्तरमा चाहिने मधुमेह, मुटु रोग, न्यूरोको समस्याका औषधिहरु अझै यथेष्ट उत्पादन नभएको र विदेशी औषधिले नै बजार लिइरहेको अवस्था देखियो। अलि जटिल प्रकृतिका रोगका औषधिहरु विदेशबाटै आइरहेको देखिएको हुनाले अब यो क्षेत्रमा कसरी राम्रो गर्न सकिन्छ भनेर अध्ययन गरेर नै प्रवेश गरेका हौँ।

सम्बन्धित सामग्री

पब्लिक कम्पनीमा परिणत भयो राष्ट्रिय बीमा संस्थान

काठमाडौं । राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा संस्थान कम्पनी रजिष्ट्रारको कार्यालयमा कात्तिक २० गते पब्लिक लिमिटेड कम्पनीकोे रूपमा दर्ता भएको हो ।  सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनका लागि कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति प्रदान गरेको थियो । हाल कायम चुक्ता पूँजीको आधारमा कम्पनीमा जान मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएसँगै संस्थानले प्रक्रिया अघि बढाएको थियो । लामो समयदेखि पूँजी वृद्धिका लागि संस्थानले पब्लिक लिमिटेड कम्पनीमा परिणत हुन चाहिरहेको अवस्थामा सरकारी पूर्ण स्वामित्वका कारण प्रक्रिया लम्बिएको थियो । संस्थानले हाल कायम ५० करोड रुपैयाँ अधिकृत पूँजी र १८ करोड १० लाख चुक्ता पूँजी संरचना कायम राखी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।  बीमा कम्पनीहरूमा यतिबेला पूँजी वृद्धिको दबाब जारी छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमाका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड चुक्ता पूँजी कायम गर्न दबाब दिइरहेको अवस्थामा पब्लिक लिमिटेडमा परिणत भइसकेको संस्थानलाई समेत पूँजीको दबाब कायमै रहनेछ ।  अब राष्ट्रिय जीवन बीमा कम्पनीले आगामी दिनमा संस्थापकतर्फबाट ३ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने र सर्वसाधारणमा आईपीओ जारी गरी १ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने योजना अघि सारेको छ । सर्वसाधारणमा आईपीओ जारी गर्न कम्पनीलाई केही समय लाग्ने देखिन्छ । कम्पनीको आईपीओका लागि सेवा निवृत्त कर्मचारीहरूले पनि दाबी गरेको अवस्थामा विवाद बढ्ने सम्भावना रहेकाले आईपीओ निष्कासन प्रक्रिया लम्बिने आशंका कम्पनीले गरेको हो । पब्लिक कम्पनीको प्रक्रिया पूरा गरिसकेको अवस्थामा अब सर्वसाधारणमा आईपीओ निष्कासन प्रक्रियाका लागि आवश्यक कामलाई निरन्तरता दिने जानकारी कम्पनीले दिएको छ । पब्लिक लिमिटेड कम्पनीमा परिणत भएसँगै बसेको पहिलो बैठकले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी महेश रिमाललाई दिइएको छ । रिमाल यसअघि संस्थानको नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए । संस्थानको प्रशासकका रूपमा कविराज पाठकले जिम्मेवारी सम्हालेका थिए । संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्दासम्म पाठकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसँगै प्रशासक पाठक भने बाहिरिएको जानकारी कम्पनीले दिएको छ ।

कम्पनी पब्लिक हुनेबित्तिकै आईपीओ जारी गर्नसक्ने, पूँजीबजारमा आए यी नयाँ नियम

३० साउन, काठमाडौं । प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनासाथ धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न पाउने भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गर्दै पुँजीबजारमा केही नयाँ प्रावधानहरू लागू गर्न स्वीकृति दिएको छ । धितोपत्र बोर्डले प्रस्ताव गरेअनुरुप जस्ताको त्यस्तै नियमावली संशोधन भएको एक […]

कहिले आउला फोनपेको आईपीओ ?

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । फोनपेका सीईओ दिवस सापकोटाले आईपओ जारी गर्नका लागि तयारी सुरू गरेको बताए ।  ‘फोनपे पब्लिक लिमिटेड कम्पनी हो । आईपीओका लागि तयारी गर्दै छौं,’ सापकोटाले आइसिटी समाचारसँग भने, ‘फाउनडेसनको काम सुरू भएको छ । ठ्याक्कै कहिले आईपीओ आउँछ भन्ने बारे अझै निर्णय भएको छैन् ।’ फोनपे नेपालको अग्रणी फिनटेक...

क्लासिक टेक पब्लिक कम्पनीमा रूपान्तरण हुँदै, आईपीओ पनि जारी गर्ने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आईपीओ जारी गर्ने भएको छ । यसका लागि क्लासिक टेक अब पब्लिक  लिमिटेड  कम्पनीमा रूपान्तरण हुने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ  ।  कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणहरुका लागि सेयर (IPO ) जारी गर्ने जानकारी दिएको छ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी  हो । हाल सम्म ७४ जिल्लाका  १०६ आउटलेट तथा साखा...

भायानेटले आईपीओ जारी गर्ने

काठमाडौं, १७ कात्तिक । भायानेट कम्युनिकेशन प्रालि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । कम्पनीले आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको छ । लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीले चाँडै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको हो । सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा भायानेटले सेवा प्रारम्भ गरेको थियो । सन् २०११ […]

भायानेट पब्लिक कम्पनी हुने, आईपीओ जारी गर्ने तयारी

काठमाडौं । इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन प्रालि नयाँ आर्थिक वर्ष सुरु भएसँगै पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । कम्पनीले आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको छ । पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीले चाँडै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको जनाएको छ । सन् १९९९ मा निजी इन्टरनेट सेवा […]

बाराही हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

वैशाख ११, काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ७ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि गत चैत १७ गते निवेदन दिएको हो । कम्पनीले उक्त आईपीओ स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो  । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ र त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

नर्भिक अस्पताल बन्यो पब्लिक लिमिटेड, आईपीओ ल्याउने योजना

२९ असार, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अब पब्लिक कम्पनीमा रुपान्तरण गरेको छ । नर्भिक अस्पतालको क्षमता काठमाडौंमा बढाउने र उपत्यकाबाहिर समेत बिस्तार गर्ने योजना सहित कम्पनीले पुँजीवृद्धि गर्न लागेको छ । सो क्रममा सर्वसाधारण लगानीकर्तालाई समेत प्राथमिक साधारण सेयर निष्कासन गरिने कम्पनीका सूचना अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए । ‘हामी पब्लिक कम्पनीमा रुपान्तरण हुने […]