काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चार महिनादेखि भेटघाट भएको छैन। पुष ५ गते प्रतिनिधिसभा विघटन भएदेखि नै ओली र प्रचण्डबीच भेटघाट हुन नसकेको हो। गत चैत २ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर ‘भेटौं न’ भनेर प्रस्ताव गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा भने ओली र प्रचण्ड आमनेसामने मात्र भएका थिए।