गत २१ जुलाइदेखि १७ दिनसम्म रिले अनसन शुरु गरेर हाल चौथो दिनको भोक हड्ताल गरिरहेका भूतपूर्व गोर्खामाथि बेलायती प्रहरीले हस्तक्षेप गरेको छ । १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवास बाहिर आमरण अनसनमा रहेका गोर्खाहरुमाथि हस्तक्षेप गर्दै प्रहरीले त्रिपाल हटाएको छ । समान अधिकारको मागसहित आन्दोलनरत गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्प घले राणासहितका तीन अभियन्ता गत शनिबारदेखि आमरण अनसनमा बसेका थिए । मंगलबार बिहान अनसनस्थल पु