एमाले दशौँ महाधिवेशन : सात सचिवका लागि दोब्बर आकांक्षी

दोहोरिने आकांक्षी : नवौँ महाधिवेशनबाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र पृथ्वीसुब्बा गुरुङ सचिव पदमा निर्वाचित । ज्ञवाली र गुरुङको व्यवस्थापन उपाध्यक्ष या उपमहासचिवमा हुन नसके अध्यक्ष ओली...

सम्बन्धित सामग्री

भोलिदेखि एमाले अखिलको महाधिवेशन, अध्यक्षमा आरसीसहित सात आकांक्षी

काठमाडौँ – एमाले निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २–४ सम्म काठमाडौमा हुँदैछ। २०७२ साल फागुन पछि अनेरास्ववियुमा अहिलेसम्म महाधिवेशन हुन सकेको छैन। अनेरास्ववियुको विधान अनुसार हरेक २ वर्षमा महाधिवेशन हुनुपर्ने भए पनि भएन। २०७४ सालमा स्थानीय र संघीय निर्वाचनको कारण समयमा नै महाधिवेश हुन सकेन। तत्कालिन अध्यक्ष नविना लामा समानुपातिक तर्फ संसद भइन्। […]

एमाले महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ । महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा भइरहेको छ । समारोहमा सहभागी हुन देशभरबाट एमाले नेता/कार्यकर्ता चितवन पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि चितवन पुगेका छन् । हेर्नुस्, एमाले महाधिवेशन उद्घाटन समारोह :

एमाले ‘हाइटेक’ महाधिवेशन आजबाट

चितवन, मंसिर ९ । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । आजबाट चितवनको नारायणगढमा महाधिवेशन सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा […]

दस जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिकाे नामावली केन्द्रमा आएन

काठमाडौँ – महाधिवेशन सुरु हुन आठ दिन बाँकी रहँदा नेकपा (एमाले) का १० जिल्लाका महाधिवेशन प्रतिनिधिको सूची अझै केन्द्रीय कार्यालयमा पुगेको छैन। १० म‌ंसिरदेखि सुरु हुने एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का पाँच जिल्ला र सुदूर पश्चिमका दुई जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइपुगेको छैन। ‘अहिलेसम्म ६७ जिल्लाका महाधिवेशन प्रतिनिधि […]

एमाले महाधिवेशन स्थलमा प्रतिनिधि हुन तछाड मछाड

चितवन– नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । त्यसका लागि एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । चितवनबाट महाधिवेशनमा २८ जना प्रतिनिधि जानुपर्नेमा सात गुणा बढीको मनोनयन पत्र दर्ता भएको छ । एमाले महाधिवेशन स्थलमै प्रतिनिधि हुन तछाड मछाम देखिएको छ । २८ जना प्रतिनिधिको लागि २०६ जनाको मनोनयन पत्र दर्ता […]

रूपन्देहीमा ३३ जना एमाले महाधिवेशन प्रतिनिधिका लागि १५० बढी आकांक्षी

नेकपा (एमाले) रूपन्देहीमा महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै देखिएका छन् ।  महाधिवेशन प्रतिनिधि छनोटका लागि बिहान ९ बजेदेखि उम्मेदवारी मनोनयन प्रक्रिया भइरहेको छ ।  शनिवार एमाले रूपन्देहीले एकसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ । करीब १७ हजार बढी संगठित सदस्य रहेको रूपन्देहीमा ३३ जनाले प्रतिनिधि छनोट हुनेछन् । तर, आकांक्षी १५० भन्दा बढी रहेको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले लोकान्तरलाई जानकारी दिए । क्षेत्...

बुटवलमा दशौँ राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन

आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।  यसअघि महाधिवेशनले तीनवटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । त्यस

एमाले विधान महाधिवेशन : न उत्साह, न एकता

१५ असोज, काठमाडौं । तीन पटकको स्थगनपछि नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार शुरू भएको छ । राजधानी उपत्यकाको रिङरोडबाट झण्डै दश किलोमिटर दक्षिण गोदावरीस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुरू भएको विधान महाधिवेशन एमाले पार्टी जीवनमा पहिलो अभ्यास हो । यसअघि एमालेले नेतृत्व चयन र नीति विमर्श एकैपटक गर्दै आएको थियो । नवौं महाधिवेशनसम्म कायम त्यस्तो अभ्यासले […]

एमाले विधान महाधिवेशन सुरु (फोटो फिचरसहित)

काठमाडौँ – एमाले विधान महाधिवेशन सुरु भएको छ। तीन दिनसम्म चल्ने एमालेको पहिलो महाधिवेशन ललितपुरको गोदावरीमा तामझामका साथ सुरु भएको हो। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्। महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, […]

एमाले र कांग्रेसको महाधिवेशन जुध्यो : एउटै मिति, एउटै स्थान तय

नेपालका प्रमुख ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको मिति जुधेको छ । कांग्रेसले आगामी मंसिर ९–१४ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिसकेको अवस्थामा मंगलवारको एमाले स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । दुवै पार्टीको महाधिवेशन काठमाडौंमै हुनेछ । देशभरका प्रतिनिधि सहभागी हुने महाधिवेशन दुवै पार्टीले एकै समय र स्थानमा गर्न लागेका छन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण भौतिक दूरी र भीडभाड गर्न नहुने अवस्थामा राजधानीजस्तो भीडभाड बढी ...