भारतको पश्चिम बंगाल राज्यमा आठ चरणमा हुन लागेको विधानसभा निर्वाचनमा मुसलमान मतदाताको निर्णायक भूमिका हुने बताइँदै आएको भए पनि दलित तथा आदिवासीको मतलाई पनि राजनीतिक दलहरूले उच्च महत्त्व दिएका छन् ।
राज्यको आदिवासी जनसंख्या सन् २०११ को जनगणनामा ५२ लाख ९० हजार थियो । दलित चाहिँ २ करोड १४ लाख थिए । अहिले त्यस संख्यामा वृद्धि भइसकेको छ ।
सबभन्दा धेरै आदिवासीहरू दार्जीलिङ, जलपाइगुडी, अलिपुरुदार, दक्षिण दिनाजपुर, पश्चिम मिदनापुर, बान्कुरा र पुरुलियामा छन् ।
आदिवासीका लागि १६ वटा सीट आरक्षित छन् ...