म्यानमारमा सेनाले ‘कु’ गरी सत्ता सम्हालेको एक वर्ष पूरा भएको छ । सैन्य सरकारले सत्ता सम्हालेको एक वर्ष पूरा भएको अवसरमा जुन्ता सरकारले आठ सयभन्दा धेरै कैदीबन्दीलाई आममाफीको घोषणा गरेको छ ।
जुन्ता प्रमुख मिन आङ हलिङले ८ सय १४ कैदीका लागि माफीको आदेश जारी गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । आममाफी पाउनेमा ७ जना विदेशी पनि छन् । देशको सङ्घीय स्वतन्त्रता दिवसका अवसरमा सैन्य सरकारले राजधानीमा परेड तथा प्रदर्शन गरेको छ ।
गएको वर्षको सैन्य ‘कु’ देखि नै म्यानमारमा सरकार विरोधी प्रदर्शन हुँदै...