नेकपा माओवादी केन्द्रका ३ नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयमा सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् । नेताहरू लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकमा छलफलका गरियोस् भनी दर्ता गराएको नोट अफ डिसेन्ट अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा प्रस्तुत गरेका हुन् । उनीहरूले फागुन १८ गते नोट अफ डिसेन्ट पार्टी कार्यालयमा पेश गरेका थिए । सो नोट अफ डिसेन्टमा यही फागुन १५ गते सदनबाट व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमति रहेको स्पष्ट ग