काठमाडौं, १९ पुष । नेकपा (एकीकृत समाजवादी) तत्काल सरकारमा नजाने भएको छ। आज बसेको पोलिटब्यूरो बैठकले तत्काल पार्टी सरकारमा नजाने निर्णय गरेको हो । सो दलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई उसको काम हेरेर समर्थन गर्ने वा नगर्ने भन्ने नीति लिएको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे पनि दलभित्र एकरुपता नभएको जनाईएको छ । […]