म्याग्दी : म्याग्दीको उत्तरी हिमाली क्षेत्र हुँदै मुस्ताङको लेते पुग्ने धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी छ। सडकका कारण पदमार्ग विस्थापित भएपछि पर्यटकलाई लक्षित गरेर यो पदमार्ग सञ्चालनमा ल्याउन लागिएको हो।
यो पदमार्गबाट म्याग्दी र मुस्ताङका दुई दर्जनभन्दा बढी हिमाली रोमाञ्चक दृश्यको अवलोकन गर्न पाइनुका साथै जैविक विविधता र प्राकृतिक सुन्दरताका भएका स्थलहरूसम्म पुग्न सकिने छ। बेनी–जोमसोम सडक सञ्चालन भएपछि पैदल मुस्ताङ पुग्ने सातवटा पदमार्ग विस्थापित भैसकेका छन्।
संसारको सातौं अग्लो धवलागिरि हिमाल (८ हजार १६७ मिटर) ...