धनकुटा : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि धनकुटामा दलितको उम्मेदवार शुन्य र महिलाको उम्मेदवार न्यून रहेको छ। धनकुटामा एक प्रतिनिधि सभा सदस्यका लागि ७ जनाको उम्मेदवारी दर्ता हुँदा महिलाको उम्मेदवारी नै परेको छैन। प्रदेशसभाको २ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता हुँदा १ जना महिलाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. ख मा नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्