बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको संख्या बढेको छ। लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका हुन्।जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा हाल १ सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्। जसमध्ये आधामा भाइरल ज्वरो देखिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।‘पहिलेको तुलनामा बिरामीको संख्