देश दुखेको कहानी

छुट्ने बेलामा एयरपोर्टमा छोराछोरी र आमा अँगालो हाल्दै डाँको छोडेर रुन्छन् । यसरी रुन्छन्, मानौं एकसाथ छातीमा सयौं चिरा परेको छ । मुटु टुक्रा-टुक्रा भएर फुटेको छ ।

सम्बन्धित सामग्री

नेपालको चित्र ‘रातो सुटकेस’भित्र

‘द रेड सुटकेस’ले हाम्रो समाजको तितो कथालाई समेटेको छ। वैदेशिक रोजगारीका क्रममा युवाले देश छाड्दा गाउँ रित्तिएको कहानी हो यो।

नेपालको चित्र ‘रातो सुटकेस’भित्र

‘द रेड सुटकेस’ले हाम्रो समाजको तितो कथालाई समेटेको छ। वैदेशिक रोजगारीका क्रममा युवाले देश छाड्दा गाउँ रित्तिएको कहानी हो यो।

प्रेमका चार चोइटा

१. दिन थियो, जवानी थियो प्रेमको अलग्गै कहानी थियो प्रेमपत्रको जमानामा सुन्दर–सुन्दर बिहानी थियो २. न्यानो साथ आस छ वर्षौँदेखिको प्यास छ समय छोट्टिँदै छ पहिलो रात असाध्यै खास छ ३. मिठा–मिठा बात हुन्छ अनेक रात हुन्छ अँगालोमा बेरिँदा बेरिँदै निर्वस्त्र प्रभात हुन्छ ४. प्रेयसीको दबाब छ पश्चिमाको प्रभाव छ देश मात्तिँदै होला आज प्रेमको चुनाव छ

अन्तरिक्षमै अड्किएका सोभियत संघका अन्तिम नागरिक : रोचक र सनसनीपूर्ण कहानी

अन्तरिक्षयात्री सर्गेइ क्रिकालेभ तत्कालीन सोभियत संघको एमआइआर स्पेस स्टेशनबाट पूरै संसार देख्न सक्दथे । तर त्यस उचाइबाट उनले त्यो राजनीतिक संघर्ष देखिरहेका थिएनन् जसको आगोमा उनको देश जलिरहेको थियो । यो घटना सन् १९९१ मे १८ को हो जब क्रिकालेभ सोयुज अन्तरिक्षयानमा बसेर पाँच महीना लामो मिसनमा स्पेस स्टेशनमा पुगेका थिए । उनीसँगै सोभियत संघका […]

के नेपाल ‘असफल देश’ बन्दैछ

दलहरूमा टुट-फुट, विभाजनको पुरानै रोग । संविधान र संसदीय पद्धति उल्लंघनका पुरानै कहानी । असमयमै सरकार गठन-विघटनका पुरानै घटना । भ्रष्टाचार र दण्डहीनताको उस्तै निरन्तरता । चुलिंदो नागरिक असन्तुष्टि । राष्ट्रिय ऋणको बढ्दो आँकडा । न्यायालयको ‘भण्डाफोर’ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका ताजा परिदृश्य हुन्, यी । यस्ता परिदृश्यले स्वाभाविक रूपमा प्रश्न उठाउँछ- देश कता […]

सम्पत्तिको लालच र देशको गति

थाहा छ सबैलाई अकुत सम्पत्ति भुलभुलैया हो । दुनियाँमा यही गलत अकुत सम्पत्तिको तृष्णाले कतिपय मानिसको जिन्दगी नर्कमय भइरहेको छ । कसैले जेलको हावा खाइरहेका छन्, कोही विदेशी भूमिमा पसिना चुहाइरहेका छन् । पैसाका लागि हुरुक्क हुँदा तनाव र रोगले ग्रस्त जीवन बाँचिरहेका छन् । कोही त आत्महत्याको बाटोसमेत रोजिरहेका पनि छन् । यी कहानी हामीले नसुनेको होइन । तैपनि मानिसहरूको अझै आँखा खुलेको छैन । धन नभई हुँदैन तर धनकै लागि कार्य कुकार्य गर्न मरिहत्ते गर्ने मानिसको बानी देखेर अचम्म लाग्नु स्वाभाविक हो । मानिस सन्तोषी जीवनलाई छोडी लालचको दुनियाँमा गइराखेको हुन्छ, गलत काम गरेर सम्पत्ति कमाउन मरिहत्ते गरिरहेछ । आखिर मर्ने बेलामा शरीरको कुन प्वालमा लुकाएर लग्ने हो र यो सम्पत्ति । देशलाई धोका दिएर र जनतालाई रुवाएर कमाइने सम्पत्तिबाट कस्तो किसिमको आनन्द पाइने हो थाहा छैन । सम्पत्ति आउने पुस्ताका लागि कमाएका हुन् भने गलत हो । गलत तरीकाले कमाएको सम्पत्तिमा सन्तान गलत भइदिए त्यो सम्पत्तिको अर्थ हुँदैन । सन्तान गतिलो बनाउन सके पनि त्यो सम्पत्ति खासै आवश्यक पर्दैन किनभने उनीहरूले राम्रो काम गरेर नै सम्पत्ति कमाउन सक्छन् । त्यसकारण गलत कार्यबाट अकुत सम्पत्ति कमाउने सोचलाई अहिलेबाट नै तिरस्कार गर्न सक्नुपर्छ अनि मात्र समाज राम्रो, मुलुक राम्रो र मानिसहरूको संस्कार राम्रो हुन्छ । अन्यथा जसरी आज हाम्रो मुलुक पछि परिरहेको छ त्यसैगरी पुस्ताैं पुस्तासम्म पछि नै परिरहनेछ । वास्तवमा सम्पत्ति मानिसहरूका लागि जरूरत हो । जिन्दगी जिउन पैसा चाहिन्छ । इच्छाहरू पूरा गर्न पनि पैसा चाहिन्छ । तर, पैसा मात्रै छ र मानिसमा सहयोगी गुणहरू छैन भने त्यो सम्पत्ति भएर पनि गरीब नै हो । पैसाले जिन्दगी चल्नछ तर जिन्दगी नै पैसा भने होइन । आज यही गलत सोचले गर्दा मुलुकको बेहाल भएको हामीले देखिराखेका छौं । मुलुकलाई समृद्ध बनाउन विचार र पैसाको लगानी चाहिन्छ । तर, हामीकहाँ वैध तरिकाले पैसा कमाउनेको भन्दा अवैध तरिकाले पैसा कमाउनेका फुर्ती बढी देखिन्छ , नेतामात्र खराब होइनन्, सबैजसो नागरिरकको सोच पनि राम्रो छैन अर्थात् सही र गलत खुट्याएर हेर्ने बानी जनतामा छैन । त्यसैले हामीले नेता र राज्यलाई सधैं गाली गर्नुभन्दा राम्रा मानिस, बुद्धिजीवी, पढेलेखेका शिक्षित वर्ग नै परिवर्तनका लागि अग्रसर हुनुपर्छ अनि मात्र मुलुक उँभो लाग्नेछ । यसका लागि राम्राराम्रा मानिसहरूको संगठन बन्नुपर्छ । हुन त यहाँ यी कुराहरू हुँदै नभएको पनि होइन तर अपुग छ र राम्रा कार्यहरू निरन्तर हुन सकिराखेका छैनन् । खराब कर्मको कहिल्यै भविष्य राम्रो हुँदैन । त्यसैले भविष्यलाई सम्झेर पनि विस्तारै यस्ता गलत कार्यबाट सम्पत्ति कमाउने सोचलाई त्याग्नुपर्छ । हाम्रो मुलुकमा मानिसहरू प्रायः सोझा नै देखिन्छन् तर केही खराब नेता, सरकारी कर्मचारी, व्यापारी, बिचौलिया छन् जो समाजको अगुवा बनेका छन् । अन्याय सहने र यस्तो खराब प्रवृत्तिको विरोध गर्ने बानी नहुँदा खराब संस्कार झन झन सक्रिय भएर आइराखेका छन् जुन कसैको लागि राम्रो होइन । यो मुलुकमा एउटा विडम्बना के छ भने देश चलाउनेहरू लालची, झगडालु स्वार्थी त छँदै छन् त्यसमाथि पनि कानून, पुलिस प्रशासन, सरकारी कार्यालय पनि चोखा छैनन् । एक पक्षले अर्को पक्षलाई दोष दिइराखेका हुन्छन् । नेताहरूले कर्मचारीलाई, कर्मचारीले नेताहरूलाई, प्रहरीले न्यायालय वा प्रशासनिक कर्मचारीलाई वा नेताहरूलाई, न्यायालयले नेताहरूलाई दोष देखाउँछन् । अर्थात् आफ्नो गल्ती नस्वीकार्ने तर अरूमाथि दोष थोपरेर आफू पानीमाथिको ओभानो बन्ने प्रवृत्ति सबै क्षेत्रमा पाइन्छ । सही र गलत छुट्याउनुभन्दा पनि आफन्त र पराइ भनेर मानक तयार पारिन्छ र त्यसअनुसार तर्क गरिन्छ । हाम्रो मुलुकमा एउटा उखान छ काम पनि छैन फुर्सद पनि छैन । यहाँका नेताहरू युवा नेताहरू पनि यही उखानले भनेजस्तै देखिन्छन् । बेरोजगार युवाहरूलाई रोजगार दिनसक्नु पर्छ । तर, नेपालमा शीप बढाउने र ज्ञान बढाउनेभन्दा पनि अल्छी गर्ने अनि सरकारलाई गाली गर्ने युवाको जमात बढी छ । यूरोप अमेरिकाका बयान गर्ने तर आप्mनो आचरणचाहिँ त्यसअनुसार नहुने युवाहरूले सरकारलाई गाली गरेको पनि सुहाउँदैन । हामीले माथि कुरा गरेजस्तै यस्ता मानिसहरूलाई मात्र किन दोष दिने देशको मिडियालाई हेरौं । अखबारहरू आदिलाई हेरौं । नेताहरूसँगको अन्तर्वार्तालालाई उनीहरूको बेअर्थका भाषणलाई ठूलो अक्षरमा छापिएको हुन्छ, टिभीमा देखाइएको हुन्छ । कसले कसलाई भेट्यो भन्ने समाचारले टीभी र अखबार भरिएका हुन्छन् । यस्तो अनावश्यक राजनीतिक कुराहरू धेरै हुन्छ । समाज परिवर्तनका काम गर्ने, उद्यम गर्ने सकारात्मक सोच भएका मानिसहरू तथा नयाँ विचार ल्याएका युवाहरू समाचारको प्राथमिकतामा कर्म पर्छन् । त्यसैले समाजमा भइराखेका विकृतिलाई औंलाएर सरकार, समाजलाई सही ट्र्याकमा ल्याउन मिडिया सतर्क हुनुपर्छ । शिक्षा समाधान, ज्ञान उपदेश नै एउटा यस्तो माध्यम हो जसले हरेक पक्षलाई सही ट्र्याकमा ल्याउँछ । अहिले मुलुकमा ठूलो समस्याको जड भनेकै कानूनको पालना नहुनु, बेरोजगारी, भ्रष्टाचार, रोगको माहामारीजस्ता कुरा हुन् । यिनको समाधानका लागि सबै पक्ष परिवर्तन हुनु जरुरी छ । मुलुकको विकासको गति विश्वमै सुस्त देखिन्छ । हामीलाई चाहिएको द्रुत विकास हो जो कहिल्यै भएन । कसलाई मात्र दोष दिने ? अब आशा गरौं, मुलुकका लागि एकपल्ट सबै परिवर्तन होऊँ । नयाँ व्यक्ति र विचार भएकाहरूलाई अगाडि सारौं । दृढ इच्छाशक्ति भएका र केही गर्नैपर्छ भन्ने सोच भएका मानिसहरू राजनीतिमा आउनुपर्छ । यस्ता मानिसहरूले नयाँनयाँ पार्टी खोल्नुपर्छ । यो देश बन्न समय लाग्ने छैन । यति मात्र होइन, प्रत्येक नागरिक खाली आशा गर्ने अरूको मुख ताक्ने गर्नु हुँदैन, आपैm अघि सर्नु पनि पर्छ, आफू नै सक्षम हुनु जरुरी छ । अन्यथा लोकतन्त्र मुलुकमा राज्यले अर्थात् जुनसुकै सरकार आए पनि तपाईं हामीहरूलाई लुटी नै राखेको हुन्छ । हामी छटपटिएर बस्नुपर्ने हुन्छ । रमेशकेशरी वैद्य

किरण गजमेरः देश खोज्दै गुञ्जिरहेको त्यो आवाज…

कुनै सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भूटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण ज्यायजेथा मात्र होइन, जीवनका योजना र सपनाहरु पनि उतै छाडिन्छ । भाग्दै, लुक्दै मातृभूमीसम्म आइपुग्दा उनीसँग सुदूर अतितका स्मृतिहरु मात्र बाँकी रहन्छ । रित्तो हात, रित्तो जीवन, रित्तो सपना । खुदुनाबारी शिरिवबाट अब नयाँ […]

Nagarik News - Nepal Republic Media

गरीबलाई ठूलो पीर छ चुलो जलाउने काम गरी माम खाने बानी गरीबको यस्तै छ कहानी कहिले बाढी कहिले पैरो कहिले भूकम्प पहिले पनि हुन्थ्यो कहिलेकाहीं काम ठप्प अहिले त विश्वभरि महामारीको युद्ध सबै एकजुट भए हुन्छ देश रोगमुक्त पक्कै आउँछ उज्यालो दिन धैर्य गर विचलित नबन।

भैँसी पालेर मासिक ६ लाख आम्दानी

विदेशमा काम गर्दा एक पटक गाली खाएका घिमिरेले त्यसपछि आफ्नै देश फर्केर काम गर्ने अठोट गरेका थिए। हेरौँ उनको कहानी।

सिड्नीमा सुनियो ‘खाडीको हाल’,अरबका जेलमा हजारौँ बेकसुर नेपाली

खाडीको कहानी नै बेग्लै छ। अमेरिका र अस्ट्रेलिया अनि युरोपतिर बस्नेहरूको सोचनै बेग्लै देखिन्छ कमाउ धन्दामा। करिब दश लाख युवाहरूको रोजगारीको थलो बनेको खाडी साच्चीकै मुलुकमा रेमिट्यान्स भित्र्याउने भने पहिलो कडी हो। चार हजार चार सय स्क्वायर मिटर क्षेत्रफल र २६ लाख जनसंख्या भएको देश कतारमा चार लाख नेपाली काम गर्छन्। यो आफैँमा उदेकलाग्दो कथा…