प्रेमका चार चोइटा

१. दिन थियो, जवानी थियो प्रेमको अलग्गै कहानी थियो प्रेमपत्रको जमानामा सुन्दर–सुन्दर बिहानी थियो २. न्यानो साथ आस छ वर्षौँदेखिको प्यास छ समय छोट्टिँदै छ पहिलो रात असाध्यै खास छ ३. मिठा–मिठा बात हुन्छ अनेक रात हुन्छ अँगालोमा बेरिँदा बेरिँदै निर्वस्त्र प्रभात हुन्छ ४. प्रेयसीको दबाब छ पश्चिमाको प्रभाव छ देश मात्तिँदै होला आज प्रेमको चुनाव छ