एजेन्सी। बलिउडकी विवादित नायिका कंगना रनौतको पोष्ट इन्स्टाग्रामले समेत हटाइदिएको छ। यसअघि उनको ट्वीटर बन्द भएको थियो। आफू कोरोना पोजिटिभ भएको र केही दिनमा जितेर फर्किने भन्दै राखेको पोष्ट इन्स्टाग्रामले हटाइदिएको हो। ट्वीटर सस्पेण्ड भएपछि उनी इन्स्टाग्राममा सक्रिय थिइन्। इन्स्टाग्रामले पोष्ट डिलिट गरिदिएपछि उनी आक्रोशित बनेकी छिन्। यसअघि पश्चिम बंगालमा भइरहेको सियासी हिंसाबारे विवादित टिप्पणी गर्दा ट्वीटर सस्पेण्ड भएको थियो।