प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या एक साताभित्र समाधान गरिने प्रतिवद्धता जनाएका छन् । नागरिकतालगायतका विषयमा ध्यानाकर्षण गराउन बालुवाटार पुगेका जनता समाजवादी पार्टी जसपाका सांसदहरुसँग प्रधानमन्त्री देउवाले सो प्रतिवद्धता जनाएका हुन् ।जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले देशमा देखिएको नागरिकताको समस्याबारे ध्यानाकर्षण गराउन जाँदा प्रधानमन्त्री देउवाले सो समस्या एक साताभित्र समाधान हुने प्रतिवद्धता जनाएको बताए । आफूले नागरिकताको विषयमा पटक पटक सडकदेखि सदनसम्म कुरा उठाउँदै