युट्युव च्यानलको इजाजतपत्र अनिवार्य, दर्ता शुल्क पाँच लाख

काठमाडौं, २२ फागुन । सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ । अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय प्रसारण नियमावलीमा ११औं संशोधनमार्फत् अनिवार्य गरेको हो । सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयले संशोधन गरेको नियमावलीले इन्टरनेटको माध्यमबाट हुने प्रशारणको […]

सम्बन्धित सामग्री

नवौं अमरसिंह कप फुटबल ८ वैशाखदेखि

१९ चैत, काठमाडौं । अमरसिंह क्लबको आयोजनामा अमरसिंह कप फुटबल प्रतियोगिताको नवौं संस्करण आगामी ८ वैशाखदेखि हुने भएको छ । प्रतियोगितामा सहभागिता हुन प्रति टिम १२ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित सोमतिर्थ खेल मैदानमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँका साथै ट्रफी, […]

राप्रपा महाधिवेशन: अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १ लाख

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवार बन्न कम्तीमा १५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क लिएर शुक्रबार उम्मेदवारको मनोनयन गर्दैछ ।

राप्रपाको अध्यक्षको उम्मेदवारी शुल्क एकलाख

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारीहरुका लागि महंगो शुल्क तोकिएको छ । अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क एक लाख र उपाध्यक्षका लागि ७५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिनुभयो । बुधबार सुरु भएको राप्रपा महाधिवेशनले …

राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । यो शुल्क नेपालको राजनीतिक दलहरुको उम्मेदवारी दर्तामा अहिलेसम्मकै सर्वाधिक शुल्क हो । राप्रपाको उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । निर्वाचन समितिका संयोजक निरञ्जन […]

पर्वत काँग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

नेपाली काँग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ ।  नेपाली काँग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि रु २५ हजार शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि रु एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव

तीन महीनामा चितवनमा ७८३ ओटा नयाँ उद्योग दर्ता

कात्तिक १०, चितवन । चितवनमा तीन महीनाको अवधिमा सबै प्रकारका उद्योग गरी ७८३ ओटा नयाँ उद्योग दर्ता भएका छन् । कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका हुन् ।  सो अवधिमा ५८८ ओटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका थिए । यस्तै सो अवधिमा १३३ ओटा सेवामुलक उद्योग, उत्पादनमुलक उद्योग ८८ ओटा र पर्यटन मुलक उद्योग ८ ओटा दर्ता भएको तथ्यांक छ ।  ऊर्जामुलक उद्योग, खनिजजन्य उद्योग, निर्माणमुलक उद्योग र विज्ञान तथा सूचनाप्रविधि उद्योग भने दर्ता भएका छैनन् । कार्यालयका प्रमुख यादवनाथ आचार्यले चितवन कृषि तथा पशुपालन उद्योग गर्न उर्वर र उपयुक्त भूमि तथा अनुदानको व्यवस्था भएकोले कृषि तथा वनजन्य उद्योग अन्तर्गत उद्योग दर्ता गर्नेको संख्या बढेको बताए । ‘चितवन आफैमा कृषिको हब र उर्वरभूमि हो, उनले भने, कृषि क्षेत्रमा स्थानीय सरकार, प्रदेश र संघीय सरकारले बढी प्राथमिकता पनि दिएको छ ।’  महिला उद्यमी झण्डै दोब्बर  तीन महीनाको अवधिमा पुरुष उद्यमीभन्दा महिला उद्यमीको संख्या झण्डै दोब्बर भएको पाइएको छ । तथ्यांक अनुसार सो अवधिमा ५५३ ओटा महिला उद्यम दर्ता भएको छ भने २९२ ओटा पुरुषको नाममा उद्योग दर्ता भएको छ । यसमध्ये उत्पादनमुलक उद्योगमा ६३ महिला, ५६ जना पुरुष उद्यमी, कृषि तथा वनजन्य उद्योगमा ३८३ महिला, १९३ जना पुरुष उद्यमी, सेवामुलक उद्योगमा १०१ जना महिला उद्यमी, पुरुष उद्यमीको संख्या ४० र पर्यटनमुलक उद्योगमा ६ जना महिला उद्यमी र ३ जना पुरुष उद्यमी रहेका छन् ।  कार्यालयका प्रमुख आचार्यले पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट व्याजदरमा थप सहुलियत उपलब्ध हुने भएकोले महिला उद्यमीको संख्या पुरुषको तुलनामा बढी भएको बताए । ‘पुरुषलाई भन्दा महिलालाई उद्योग दर्ता गर्न सहज पनि छ । सहुलियत पनि छ ।  उनले भने, दर्ता भएका उद्योगहरु मध्ये महिलाले उद्यम गर्ने प्रकृतिका उद्योगहरु बढी दर्ता छन् ।’ अधिकांश महिलाहरुले आफ्नो नाममा उद्योग दर्ता गर्ने, कृषि तथा वनजन्य उद्योगमा पनि महिलाहरुनै बढी भएकोले पनि महिलाको नाममा उद्योगहरुको संख्या दर्ता बढी भएको उनको भनाइ छ । २२९८ जनालाई रोजगारी  तीन महीनाको अवधिमा दर्ता भएका उद्योगमा २ हजार २९८ जना रोजगार संख्या थपिएको छ । ती मध्ये उत्पादनमुलक उद्योगमा महिला पुरुष गरी ४०५ जना, कृषि तथा वनजन्य उद्योगमा १ हजार ४८६ जना, सेवामुलक उद्योगमा ३७६ जना र पर्यटनमुलक उद्योगमा ३१ जनाले रोजगारी पाएका छन् ।  कार्यालयले यी सबै प्रकारका उद्योग दर्ताबाट १ करोड ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ । यी रोजगारीमा पनि महिलाहरुले नै रोजगारी प्राप्त भएको प्रमुख यादवको भनाइ छ ।  ‘महिलाले दर्ता गरेको उद्योगमा महिलालाईनै प्राथमिकता र अवसर पाउँछन् । स्वतः रोजगारी पनि बढी महिलाको नै हुन्छ ।’ उनले भने कार्यालयमा हाल ५ लाखदेखि पाँच करोड पूँजी भएका उद्योगहरु दर्ता हुँदै आएका छन् । पाँच लाखभन्दा तल पूँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछ । कार्यालयमा हाल पाँचलाख देखि २० लाख पूँजी भएका उद्योग दर्ता गर्न १२ हजार रुपैयाँ, २० लाख ५० लाख पूँजी भएका उद्योग दर्ताका लागि २० हजार, ५० लाख देखि १ करोडसम्म ३० हजार र १ करोड भन्दा माथि पाँच करोडसम्मका उद्योगका लागि ५० हजार रुपैयाँ दर्ता शुल्क लाग्ने गर्दछ ।