भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण तिव्र बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवाल अगुवाईमा शनिबार महत्वपूर्ण बैठक बस्दैछ । बैठकमा शिक्षा मन्त्री मनिष सिसोदिया र स्वास्थ मन्त्री सत्येंन्द्र जैनसहित विभिन्न महत्वपूर्ण अधिकारीहरु सहभागी हुँदैछ ।शुक्रबार दिल्लीमा एकै दिन अहिलेसम्मकै सर्वाधिक १९ हजार ४ सय ८६ जनामा संक्रमण देखिएको थियो, १ सय ४१ जनाको मृत्यु भएको थियो । दिल्लीमा यस सप्ताहन्तका लागि शुक्रबार रातिदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरिसकिएको छ । ठाउँ–ठाउ