निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग टुङ्ग्याउन हतार गर्न नहुने पूर्व न्यायाधीश फोरम नेपालले प्रस्ट पारेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले संसदको यो कार्यकालमा महाभियोगको विषय किनारा लाग्न नसके आगामी मंसिरमा हुने निर्वाचनपछि गठन हुने संसदले स्वामित्व लिने गरी महाभियोग प्रस्तावलाई तत्काल थाँती राख्न सकिने तर्क गरेको हो ।फोरमका उपाध्यक्ष पवनकुमार ओझाले भारत, अमेरिका लगायतका देशमा यस्ता नजिर रहेको भन्दै प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्यो भन्दैमा महाभियोगलाई हतारहत