तत्कालीन संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) ससदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन्। कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित ६ पटक व्यवस्थापिका–संसद्को नेतृत्व सम्हाले। उनले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भइ चर्को सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई संवादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गरे। […]