पोखरामा कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ र धरानमा कवि वैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई शनिबार रथारोहणका साथ नागरिक अभिनन्दन गरिएको छ । बराललाई ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा तीन दर्जन वाङ्मयिक तथा सामाजिक संघसंस्थाले अभिनन्दन गरेका हुन् ।