आन्तरिक राजस्व कार्यालय धनगढीले पहिलो चौमासिकमै लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७६-०७७ को कात्तिकसम्म एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेपनि लक्ष्य भेटाउन नसकेको हो । कार्यालयले पहिलो चौमासिकमा कुल लक्ष्य पाँच अर्ब १५ करोडको ३० प्रतिशत मात्रै राजस्व संकलन भएको जनाएको छ ।
कार्यालयका प्रमुख चन्द्रकुमार श्रेष्ठले चार महिनामा तोकिएको लक्ष्य भने भेटाउन नसकेको बताए । उनका अनुसार कात्तिकसम्म एक अर्ब ६१ करोड दुई लाख ९७ हजार रुपैयाँको लक्ष्य तोकिएको थियो ।