‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने’

जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका–७ मा बुधवार आयोजित कार्यक्रममा मन्त्री साहले उक्त जानकारी दिएका हुन् । माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुंगिने उनले बताए । ‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ,’ मन्त्री साहले भने, ‘प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।’ प्रदेशसभाको समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुंगिने उनले विश्वास व्यक्त गरे । शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरणको कार्यक्रम शुरू गरेको भन्दै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताए । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता परमेश्वर साहले जाडोबाट प्रभावित विपन्न नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएकाले तीनै तहको सरकार तत्काल यसप्रति गम्भीर हुनुपर्ने बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्र तथा स्थानीय पवन ठाकुरले प्रदेश सरकारले विपन्न नागरिकलाई कम्बल वितरण गरी सराहनीय कार्य गरेको बताए । कार्यक्रममा सञ्चारमन्त्री साहले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका ५०० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।  

सम्बन्धित सामग्री

चार वर्षपछि प्रदेश–२ ले पायो नाम र राजधानी

प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नम्बर २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेका छन् ।सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा […]

चार वर्षमा टुंगो लाग्यो प्रदेश २ को नाम र राजधानी

काठमाडौं । प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोमबारको प्रदेश सभा बैठकमा मधेस नाम र जनकपुरधाम राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भयो । प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित एक […]

प्रदेश २ को नाम र राजधानी आज टुंगिएला ?

वीरगंज : प्रदेश नम्बर २ को नाम र राजधानी तय गर्न आज प्रदेश २ को प्रदशेसभामा मतदानको कार्यतालिका छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ-आफ्नै अडान दोहोर्‍याएपछि नाम र राजधानी टुंग्याउन आज मतदान हुने भएको हो। आज प्रदेशसभाको बैठकमा सांसदहरुको बोल्ने क्रम सकिएको छ। तर, राजनीतिक दलहरुबिच सहमति जुट्न सकेको छैन। अब…

‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने ’

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका-...

प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने

२७ पुस, जनकपुरधाम । प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने भएको छ । आगमी माघ ३ गते मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा सबै राजनीतिक दलका सांसद् सहभागी भएको संसदीय समिति गठन भएको थियो । तर, समितिमा पटक-पटक छलफल […]

प्रदेश २ को नाम र राजधानी टुंग्याउन विशेष समिति गठन

प्रदेश २ को नाम र राजधानीमा दलीय सहमति नभएपछि सभामुख सरोज कुमार यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ। समितिमा उपसभामुख उपमा देव उपसंयोजक र बाँकी दलका सांसदहरुलाई सदस्यमा राखिएको...

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन

काठमाडौँ, १३ पुस। प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ । आज (मंगलबार) बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । प्रदेशसभामार्फत आज ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ । दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन […]

दलीय खिचातानीका कारण प्रदेश– २ काे नाम र राजधानी अझै टुङ्गो लागेन (भिडियाेसहित)

प्रदेश– २ को सत्तापक्ष तथा विपक्षी दलहरुको अडानका कारण प्रदेशको नामाकरण र स्थाई राजधानीको टुगो लाग्न सकेको छैन । सहमति हुन नसकेकै कारण नामाकरण र राजधानीका लागि अघि सारिएका प्रस्तावहरु फेल हुने गरेका छन् । बहुमत हुँदाहुँदै आन्तरिक मतभेदका कारण नाम र राजधानी पाउन नसकेको सत्तारुढ दलको भनाइ छ ।

प्रदेश २ : यसपटक पनि स्थायी राजधानी र नाम जुर्ने सम्भावना कम

जनकपुर : प्रदेश २ को नाम र राजधानीबारे फेरि अन्योल कायम नै रह्ने अवस्था देखिएको छ। प्रदेश २ को नाम र राजधानी तय गर्न दलहरूले पुरानै अडान कायम राखेको हुँदा नाम र राजधानीबारे पुरानो अवस्था नै दोहोरिने स्थिति देखिएको हो। दलहरूले दर्ता गराएको प्रस्ताव दर्ताअनुसार पुरानै अवस्था दोहोरिने भएको छ।प्रदेश नं २ को प्रदेशसभा सचिवालयले आह्वान गरेको नाम र राजधानीबारे प्रस्ताव दर्ताअनुसार नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव दर्ता गराए

प्रदेश २ मा एमालेको प्रस्ताव – नाम ‘जानकी’, राजधानी ‘जनकपुरधाम’

काठमाडौं। प्रदेश २ को नाम र राजधानीबारे नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ। आज प्रदेश २ का एमाले संसदीय दलका नेता शत्रुधन महतोले नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेसले भने अहिलेसम्म नाम र राजधानीबारे कुनै प्रस्ताव दर्ता गराएको छैन। सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता...