एड्सविरूद्ध सचेतना बढाउन खेलकुद अन्तरक्रिया सम्पन्न

खेलकुद महासंघको आयोजनामा एचआईभी÷एड्स विरुद्ध खेलकुद अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । ३४ औं विश्व एड्स दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एड्स विरूद्ध सबैमा सचेतना र सतर्कताको भावना जागृत हुन आवश्यक रहेको बताए । खेलकुद मन्त्रालयका सचिव डा. दोमादर रेग्मीले एड्स विरूद्ध सचेतनाको सन्देश प्रवाह गर्न खेलकुद पनि महत्वपूर्ण क्षेत्र बन्न सक्ने धारणा व्यक्त गरेका थिए ।  कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्ष...

सम्बन्धित सामग्री

राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ, भव्य तयारीमा जुट्नुहोस् : मन्त्री गहतराज

काठमाडौँ,१५ वैशाख । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै आयोजना हुने बताएका छन् । प्रतियोगिताको तयारीलगायतका बारेमा मन्त्रालयले आज पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस वर्ष निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न सरकार प्रतिबद्ध भएर लागेको उल्लेख गरे । मन्त्री […]

खेलकुद मन्त्री अथकद्वारा क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो । निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गरेका हुन् । रंगशाला निरिक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथकले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सृजना हुनु दुखद भएको उल्लेख गर्दै मन्त्री अथकले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरीने बताए  । मन्त्री अथकले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च बिबरण यथाशिघ्र सार्बजनिक गर्न मन्त्री अथकले धुर्मुश–सुन्तली फाउण्डेशनलाई आग्रह समेत गरेका छन्  । रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले परियोजनाबाट हात झिकेपछि उक्त परियोजना निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ । अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुुश–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल लगाएतको सहभागीता रहेको थियो ।