काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–१९ स्थित अम्बिका माध्यमिक विद्यालय हेम्जालाई विज्ञान प्रयोगशाला (साइन्सल्याव)का लागि आवश्यक सामग्रीहरु प्रदान गरेको छ । बैंकको चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको हो । चिप्लेढुङ्गा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले बैंकको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । […]