देशभर क्वारेन्टिन बेडहरुको संख्या ३३ सयभन्दा बढी

काठमाडौं। गृह मन्त्रालयले देशभर क्वारेन्टिन बेडहरुको संख्या ३ हजार ३ सयभन्दा बढी पुगेको जनाएको छ। क्वारेन्टिन बेडहरुमध्ये ८ सयभन्दा बढीमा कोरोनाका संक्रमितहरु रहेका छन्। क्वारेन्टिनहरुको गुणस्तर सनिश्चितता र नियम पालनाका लागि ९७ स्थानमा र अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन १७४ स्थानमा अनुगमन गरिएको गृहले जनाएको छ।

सम्बन्धित सामग्री

पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त खोप ल्याउन नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा सोमवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैm आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरू गरिसकेको बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभयो । गतवर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन उहाँले अनुरोध गर्नुभयो । साथै छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।      प्रधानमन्त्री ओलीले गतवर्ष नै उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको दाबी गर्नुभयो ।      सबैजसो अस्पताललाई पीसीआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको भन्दै उहाँले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताउनुभयो । ‘जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइनेछैन,’ उहाँले भन्नुभयो, ‘यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको प्रशंसा गर्दछु ।’    अस्पतालमा शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएमा कारबाही गरिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको बताउनुभयो । रासस

रोल्पामा सक्रिय संक्रमित घरमै, अझै बनाइएन क्वारेन्टिन र आइसुलेसन

कोरोना संक्रमणको दोस्रो लहर सुरु भइ देशभर संक्रमित संख्या बढिरहेका भएपनि रोल्पामा अहिलेसम्म कुनै सुरक्षा मापदण्ड अपनाइएको छैन । केन्द्र सरकारले जारी गरेको सुरक्षा मापदण्डलाई लागु गर्ने निर्णय गरेको जिल्ला...

कोरोना सङ्क्रमण: झापादेखि कञ्चनपुरसम्मका नाकामा कडाइ, लक्षण देखिए क्वारेन्टिन

काठमाडौं । कोभिड १९ महामारीको दोस्रो लहरको सम्भावना बढेसँगै सरकारले देशभर नियन्त्रणका लागि कडाइ थालेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचना अनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लामा सचेत आफू मातहतका निकायहरूलाई निर्देशन दिएपछि देशभर नै कडाइ भएको हो ।

बर्डफ्लूप्रति उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू रोगप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेष गरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सात वटा सीमानाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए । “नेपालमा भारतको हिमाचल प्रदेशबाट बर्डफ्लू भित्रिने सम्भावना उच्च रहेको छ । सङ्क्रमणलाई ध्यानमा राख्दै केही समय हिमाचलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको हो” उनले भने । उनका अनुसार सीमानाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ । “खुला सीमानाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेको छ, बर्डफ्लू नियन्त्रण आदेशको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई सम्पर्कमा बस्न आग्रह गरिएको हो” उनले भने । मन्त्रालयले काँकडभिट्टा, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, कैलाली तथा गड्डाचौकी नाका, प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोतसाधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन दिएको हो । मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । नेपालमा बर्डफ्लू सङ्क्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारी दिए । मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्वारेन्टिन कार्यालय छन् । देशभर कतै ठुलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । भारतको मध्यप्रदेश, केरला, राजस्थान र हिमाचल प्रदेशमा बर्डफ्लू पुष्टि भएको बताइएको छ ।

विदेशबाट फर्काइने नेपाली राख्ने विषयमा शहरी विकास मन्त्रालयले थाल्यो गृहकार्य

काठमाडौं ।विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी गरिएको छ । बिहीबार शहरी विकस मन्त्रालयमा भएको छलफलमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभर व्यवस्थित ...

आजदेखि सरकारले देशभरका सबै क्वारेन्टाइनको स्थलगत अवलोकन गर्ने

काठमाडौं : सरकारले देशभर स्थानिय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजिकरण थाल्ने भएको छ।  विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन कार्यविधी अनुसार &...