१० अर्बको विकास ऋणपत्र विक्री गरिंदै,  १० % ब्याजदर

जेठ ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । विकास ऋणपत्र २०८१ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि दुई वर्षको छ । उक्त ऋण पत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइने केन्द्रीय बैंकले बताएको छ । जेठ र असार महीनामा १ खर्ब रुपैयाँभन्दा केही बढी आन्तरिक ऋण संकलन गर्ने क्रममा बिहीवारदेखि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्न लागेको हो । ऋणपत्र नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र अन्य संगठित संघ संस्थाले खरीद गर्न पाउने छन् । उक्त ऋणपत्र धितो राखेर ऋण लिन र दिन पाइन्छ । ६/ ६ महीनामा ब्याज पाइने उक्त ऋणपत्र खरीदका लागि अनलाइनबाटै आवेदन दिन सकिने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ । बिहीवार बोलकबोल संकलन गरेर जेठ ६ गते ऋणपत्र निस्कासन गरिने राष्ट्र बैंकले बताएको छ ।

सम्बन्धित सामग्री

नेपाल राष्ट्र बैंकले आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल रु आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, …

दश अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले रू १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो। यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले […]

विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

२६ साउन, काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । २८ साउन आइतबार विकास ऋणपत्र बोलकबोल मार्फत ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८८ ‘ख’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल २८ साउनमा र निष्कासन २९ साउनमा हुनेछ । ऋणपत्रको ब्याजदर […]

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ,१३ असार । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद […]

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न […]

नेपाल राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् […]

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो।...

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो । बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था […]

राष्ट्र बैङ्कले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, ब्याजदर १० प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले भोलि (बिहीबार) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । विकास ऋणपत्र २०८१ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि २ वर्षको छ । उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । राष्ट्र बैङ्कले यही जेठ र असारमा १ खर्ब रुपैयाँभन्दा केही बढी आन्तरिक ऋण सङ्कलन […]

राष्ट्र बैङ्कले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते बोलकबोल हुनेछ । ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने सूचनामा उल्लेख छ […]