रामेछाप - गाउँमा जुनारको जुस बनाउने उद्योग खुलेसँगै रोजगारी पाएपछि रामेछाप नगरपालिका–७ सुकाजोरका महिलाहरु खुसी भएका छन् ।
उद्योग सञ्चालनमा आएपछि गाउँका महिलाहरुले आफ्नो घरको काम सकेर फुर्सदको समयमा जुनारको दाना तास्ने काम गर्छन् । उनीहरुले जुनारको दाना तास्ने कामबाट प्रतिव्यक्ति मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको रामेछाप नगरपालिका–७ सुकाजोरकी सावित्रा कार्कीले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे– 'हामी महिलाहरु घरको चुलोचौको गरेर बसेक...