चालू आर्थिक वर्ष २०७८/७९ को सात महिनाको अवधिमा भुटानसँग ६६ करोड ४४ लाख रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भुटानसँगको व्यापारमा नेपालले उक्त घाटा ब्यहोरेको हो ।साउनदेखि माघ महिनासम्मको अवधिमा नेपालबाट जम्मा १८ करोड ३४ लाख रुपैयाँको निर्यात भएको छ ।यस्तै, भुटानबाट नेपालतर्फ ८४ करोड ७९ लाख रुपैयाँ आयात भएको छ । विभागले भुटानबाट हुने आयातको तुलनामा पर्याप्त निर्यात नहुँदा भुटानसँग व्यापारघाटा भइरहेको जानकारी दिएको हो । भुटानबाट नेपालतर्फ मुख्यगरी औद्योगिक कच्