काठमाडौं। नेपालको चौंथो ठूलो बैदेशिक व्यापार घाटा युनाईटेड अरब इमिरेट्स (युएई)सँग रहेको छ। भन्सार विभागका अनुसार भारत, चीन र इन्डोनेसियापछि नेपालको ठूलो व्यापार घाटा युएईसँग रहेको हो। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा युएईसँग नोपलको व्यापार घाटा १६अर्ब५५करोड १५लाख११हजार रुपैयाँ पुगेको छ। सो अवधिमा युएईबाट नेपालमा १६अर्ब७४करोड४५लाख४६हजार रुपैयाँको वस्तु आएको छ। नेपालबाट मात्र १९करोड३०लाख३४हजार रुपैयाँको वस्तु गएको छ।