चुनावको पक्षमा ओली समूहको प्रदर्शन

१३ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका युवा संघ नेपालले मध्यावधि निर्वाचनको समर्थनमा बुटवलमा प्रदर्शन गरेको छ । संघको लुम्बिनी प्रदेश स्तरीय भेलाको उद्घाटन अघि शक्ति प्रदर्शनका रुपमा मोटरसाइकल र्‍याली गरिएको हो । बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको प्रदर्शन सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा पुगेर समापन भएको थियो । प्रदर्शनमा सहभागीहरुले नयाँ […]

सम्बन्धित सामग्री

नाडामा चुनावी गर्मीः ठूला घराना २ समूहमा बाँडिए, को कसको पक्षमा ?

अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएको छ । चुनावको मिति नजिकिएसँगै अध्यक्षका प्रत्याशी द्वय ध्रुव थापा र करणकुमार चौधरी चुनावी दौडमा ब्यस्त छन् ।ठूला व्यापारिक घराना नै २ पक्षमा विभाजित भएपछि यसपटक नाडाको चुनाव प्रतिस्पर्धात्मक हुने देखिएको छ । यद्यपी, अध्यक्ष कृष्णप्रसाद दुलाल अन्तिम समयसम्म सहमतिकै प्रयास जारी रहने बताउँछन् । प्रयासका बाबजुद सहमति नभएको खण्डमा मंसिर २२ ४५औँ साधारणसभाको उद्घाटन र २३ गते निर्वाचन हुनेछ ।चौधरीको साथमा ठूला घरानाको बाहुल्यताकरण चौधरी सुजुकी नेपालको आधिकारिक बिक्रेता तथा चौधरी समूहको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । उनी कर्पोरेट हाउसका व्यवसायी भएकाले उनको पक्षमा खुलेका व्यवसायीहरु पनि अधिकांश ठूला घरानाकै छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने भर्याङको रुपमा लिईने नाडाको अध्यक्ष बन्न सके महासंघको राजनीति सुरक्षित हुने भएकाले चौधरीले ठूला घरानालाई हातमा लिएका छन् । चौधरीको समूहमा देशव्यापी ‘नेटवर्क’ भएका व्यवसायीहरु देखिन्छन् । टाटा, बजाज, यामाहा, हिरो, होण्डा सहितका ठुला बिक्रेता चौधरीको समूहमा छन् । हिरोका अभिक ज्योति, बजाजका अभिमन्यु गोल्छा, आईएमई मोटर्सका निशान ढकाल करण चौधरीको पक्षमा छन् ।यति मात्रै नभई, नाडाको वर्तमान कार्यसमितका पदाधिकारीहरु महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरी चौधरी प्यानलबाट चुनाव लड्दै छन् ।ध्रुव थापालाई फोर्ड र लक्ष्मी हुण्डाईको भरोसाध्रुव थापा मोफसलबाट नाडाको नेतृत्व हत्याउने प्रयासमा छन् । कर्पोरेट हाउसको कब्जाबाट नाडालाई निकाल्ने र साना तथा मझौला व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएको बताउने थापालाई केही ठूला घरानाले पनि भरोसा दिएका छन् ।हुण्डाई गाडीको आधिकारिक बिक्रेता तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ उनको समूहमा छन् । लक्ष्मी ग्रुप उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको हो । अञ्जन नाडाको अध्यक्ष हुँदै महासंघमा पुगेका हुन् ।नाडाको वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छा पनि थापाको समूहमा छन् । हिट्को प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधान पनि थापाको पक्षमा खुलेका छन् । टीभीएस मोटर्सका दीपक अग्रवाल पनि ध्रुव थापाको पक्षमा खुल्ने सम्भावना देखिएको छ । नाडाको निर्वाचनमा करिब ३१ सय मतदाताले १७ जनालाई मतदान गर्नेछन् । सुरुमा अध्यक्ष र बाँकी १६ जना सदस्यका रुपमा चयन हुनेछन् । १६ जना सदस्यबाट उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी चयन हुनेछन् ।