अनमोल स्मृति खुला बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – शिव सेना नेपाल, ललितपुरको आयोजनामा प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगिता बिहीबारदेखि हुने तालिका रहेपनि प्राविधिक कारणले आइतबारदेखि मात्र सुरु हुने आयोजकका अध्यक्ष रविन्द्र अवालेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । समूह […]

सम्बन्धित सामग्री

पर्वतको बनौँलाई खुला बास्केटबल प्रतियोगिताको उपाधि

कास्की – पर्वतको बनौँ बास्केटबल टोली पोखरामा सञ्चालन भएको खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । पुन एकता क्लब पोखराले महाशिवरात्रि पर्वका अवसरमा प्रतियोगिता आयोजना गरेको हो । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय प्रतियोगिताको आज सम्पन्न फाइनलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौँले उपाधि जितेको हो । […]

जेठ १५ देखि मदन भण्डारी कप बास्केटबल

मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगिता जेठ १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ।

जेठ १५ देखि मदन भण्डारी कप बास्केटबल

मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगिता जेठ १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ।

बास्केटबल प्रतियोगिता : आर्मीको जीत

नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अङ्कले पराजित ग¥यो ।जीतसँगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ अङ्क जोडे । पहिलो क्वार्टरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा भने अगाडि रह्यो । अन्य क्वार्टरमा आर्मीले क्रमशः २६–११, २२–२० र २७–२५ स्कोर ग¥यो ।

महिला बास्केटबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) को आयोजनामा फादर वाट्रिन महिला खुला बास्केटबल शुक्रबारदेखि हुने भएको छ । ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा हुने प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिममा रोयल, जेभियर, आईएसए नेपाल र नयाँ बजार, कीर्तिपुर रहेका छन् । राउन्ड रोविनमा शीर्ष दुई […]

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिता

लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताअन्तर्गत पुरुष तर्फ कीर्तिपुर नगरपालिकाले विजयी सुरुआत गर्दा महिला तर्फको खेलमा रोयल बास्केटबल एकेडेमीलाई सफलता मिलेको छ ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु भएको प्रतियोगिताको पुरुषतर्फको खेलमा कीर्तिपुरले बुढानिलकण्ड मिलन केन्द्रलाई ९५–६९ ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो क्वार्टरको खेलमा कीर्तिपुरले २५–२१ को अग्रता […]

टाइम्सलाई अनमोल स्मृति बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले पराजित ग¥यो । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स टोलीको जितमा मनीष केसीले २० अंक […]

टाइम्स र रोयल सेमिफाइनलमा

टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।...

शिवसेनाको आयोजनामा खुला बास्केटबल प्रतियोगिता हुने, विजेतालाई १ लाख पुरस्कार

६ पुस, काठमाडौं ।शिव सेना, ललितपुरको आयोजनामा प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता पुस १५ गतेदेखि हुने भएको छ । बास्केटबल प्रशिक्षक र निर्णायक समेत रहेका अनमोल राईको स्मृतिमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिताको संयोजक अजय मानन्धरले जनाएका छन् । प्रतियोगिताको खेल लिगकम नकआउटका आधारमा खेलाइनेछ । […]