शिवसेनाको आयोजनामा खुला बास्केटबल प्रतियोगिता हुने, विजेतालाई १ लाख पुरस्कार

६ पुस, काठमाडौं ।शिव सेना, ललितपुरको आयोजनामा प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता पुस १५ गतेदेखि हुने भएको छ । बास्केटबल प्रशिक्षक र निर्णायक समेत रहेका अनमोल राईको स्मृतिमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिताको संयोजक अजय मानन्धरले जनाएका छन् । प्रतियोगिताको खेल लिगकम नकआउटका आधारमा खेलाइनेछ । […]