बनियानी (झापा), ९ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन २१ दिन मात्र बाँकी रहेको अवस्थामा झापाका राजनीतिक दललाई उम्मेदवार छनोटमा सकस परेको छ । निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी हुँदा दलहरुलाई उम्मेदवार छान्न अझ हम्मेहम्मे परेको हो । नेकपा(माओवादी केन्द्र)ले अधिकांश स्थानीय तहमा उम्मेदवार सिफारिस गरे पनि केही ठाउँमा अझै कुरा नमिलेको जनाएको छ …