काठमाडौं : पश्चिमी वायुको असरले अबको २/३ दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइन्।'पश्चिमी वायुका कारण भोलि सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नुका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ', उनले भनिन्।आज साँझदेखि मौसममा केही असर पर्ने तर बढी असर भने पश्चिमी क्षेत्रम