काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले तीन घण्टा बयान लिएको छ। बिहीबार सिंहदरबारस्थित समितिको बैठकमा गएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएबारे अस्वीकार गरेका छन्। छलफलपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीसँग भने, ‘मैले उहाँहरूले सोधेको प्रश्नको जवाफ दिएको छु। बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ।’ तर, छलफलमा उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेको समितिका एक सदस्यले बताए। उनको भनाइलाई उदृत गर्दै एक सदस्यले