दाङ – लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दाङको बंगलाचुली गाउँपालिकालाई विभिन्न प्रकारका स्वास्थ्य उपकरण दिएको छ । मन्त्रालयले करिब १६ लाख रुपैयाँ बराबरको डिजिटल स्वास्थ्य उपकरण उपलब्ध गराएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन शुवासले जानकारी दिनुभयो ।
अध्यक्ष पुनका अनुसार मन्त्रालयले ऐक्सरे मेसिन एउटा, ईसीजी मेसिन एउटा, प्यासेन्ट मनिटर मेसिन एउटा र यूएसजी मेसिन एउटा गरी जम्मा १५ लाख ८३ हजार ५ सय ३७ रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरु गाउँपालिकालाई दिएको हो ।...