काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१८ विरुद्धको खोपको थप एक अतिरिक्त मात्रा खोपको अभियान कार्यक्रम स्थगित गरेको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको पूरा मात्रा लगाउनुपर्ने भएकोले अहिलेका लागि अतिरिक्त थप एक मात्रा खोप अभियान कार्यक्रम स्थगित गरिएको जानकारी दिइन् । मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई सोही प्रकृतिको खोप थप एक मात्रा दिन थालेको थियो । रासस