कामको खोजीमा कतार जाने नेपालीहरूले अनेकौं समस्या भोग्नुपरिरहेको छ । कामदारहरूलाई ति समस्याबाट छुट्कारा दिलाउन कतार सरकार आफैंले म्यानपावर कम्पनी गठन गरेको छ । उक्त कम्पनी कतारका उद्योग तथा व्यापारमन्त्री अली विन अहमद अल कुवारीको निर्णयमा गएको पुस १८ देखि सञ्चालनमा आएको छ ।