इलाम चोक बजारको लाँकुरी चौतारी अहिले उम्मेदवारका आश्वासन बाँड्ने थलो बनेको छ । दिनहुँ कुनै न कुनै राजनीतिक दल र उम्मेदवार आफ्ना एजेन्डा राख्दै मतदाता आकर्षित गरिरहेका छन् ।
विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिँदैनन् । जितेर गएपछि आफ्नै दुनो सोज्याउने काम मात्र नेताहरुले गरेको उनीहरूको भनाइ छ । नेताहरूले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने महिला मतदाता असन्तुष्ट छन् ।वर्षौदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको जीवन नै परिवर्तन गर्ने आश्वासन दिने गरेको महिला बताउँछन् । रोजगार, शिक्षा, स्वास्थ्य, विद्यालय, स
काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाइएको दावी गरी रहँदा काठमाडौंका मतदातामा मतदान कसरी गर्ने भन्नेमा अलमलमा परेकाे देखिएको छ । मतदाता शिक्षामा न आयोगको गतिविधि प्रभावकारी देखिएको छ, न राजनीतिक दलहरूकाे नै यो विषयमा संवेदनशील हुन सकेका छन् । राजनीतिक दाउपेच र ठाउँ अनुसार आश्वासन दिने बाहेक मत हाल्न सीप सिकाउने विषयमा भने […]
मुलुक आर्थिक विकास र समृद्धिभन्दा मत प्रभावित गर्न र जनतामाझ आफूलाई लोकप्रिय सावित गर्ने गरी दलहरूले घोषणापत्र ल्याएका छन्। अनुत्पादक क्षेत्रको खर्च अझ बढाउने गरी घोषणापत्र ल्याउन होड प्रमुख दलहरूमा देखिएको छ, तर त्यसका लागि बजेटको सुनिश्चितता कसरी गर्ने ...
काठमाडौं । प्रमुख राजनीतिक दलहरूले स्रोतको सुनिश्चितताबिनै मत प्रभावित गर्न विभिन्न प्याकेज ल्याउने घोषणा गरेका छन् । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूले सार्वजनिक गरेका घोषणापत्र व्यावहारिकभन्दा राहत र सुविधा घोषणामा दलीय होडबाजी देखिएको छ । मुलुक आर्थिक विकास र समृद्धिभन्दा मत प्रभावित गर्न र जनतामाझ आफूलाई […]
२९ वैशाख, पोखरा । अघिल्लो स्थानीय तहका निर्वाचनमा मत माग्न आएका राजनीतिक दलका उनै नेताहरु यसपाली पनि विभिन्न आश्वासन देखाउँदै पोखरा बसपार्कका सुकुम्वासी कृष्ण विकको आँगनमा पुगे । सुकुम्बासी समस्या समाधान गर्ने आश्वासन देखाएका दलहरुले यसपाली पनि आफूहरुको मुद्दालाई राजनीतिक हतियार बनाएको ठानेका विकले कसलाई भोट हाल्ने भन्ने निधो गरिसकेका छन् । ‘प्रत्येक वर्ष हाम्रो […]
२७ वैशाख, सिमकोट । स्थानीय तहको निर्वाचनको मतदान गर्न केही दिन बाँकी छ । नेता तथा कार्यकर्ता जनताका घरदैलो पुगेर विभिन्न आश्वासन दिदै हिंडिरहेका छन् । यता मतदाता भने आफ्नोमात्र पेट भर्ने र आफ्नोमात्र पोल्टो भर्ने नेता आफूहरुलाई नचाहिएको बताउन थालेका छन् । गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरुका समस्या समाधान गर्ने नेता चाहिएको सिमकोट गाउँपालिका-६ […]
दाङ – चुनावमा मतदाता फकाउन दलहरूले के मात्रै गर्दैैनन् । दलका कुरा र घोषणापत्र हेर्दा चुनावको मुखमा नहुने भन्ने केही हुँदैन भन्ने लाग्छ । भोट माग्न जाँदा दलहरूले मतदातालाई यति धेरै आश्वासन बाँड्छन कि चुनाव सकिएपछि के आश्वासन दिएको हो उनीहरूलाई नै थाहा हुँदैन । अर्को कुरा कतिपय ठाउँमा त चुनाव सकिएर अर्को चुनाव नआउँदासम्म नेताले गाउँ नै देख्दैनन्/टेक्दैनन् ।
मतदान सकिएपछि आफूहरूले दिएको आश्वासन पूरा गर्न त परै जाओस् नेताहरू फर्केर त्यही गाउँमा पुग्न फेरि अर्को चुनाव आउनुपर्ने परिस्थिति दाङका धेरै ...
बाँके । स्थानीय तह निर्वाचन अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका मतदाताहरू चुनावअघि विभिन्न दल र उम्मेदवारले अनेकौँ आश्वासन दिने गरे पनि चुनावपछि आफ्नो अवस्था जस्ताको तस्तै रहने गुनासो गरिरहेका छन् ।नेपालगञ्ज उपमहानगर–११ मा पर्ने ईदगाह रोडमा सानो टेलरिङ्ग पसलमा काम गर्ने ४२ वर्षमा रसिफ राईको जन्म नेपालगन्जमै भएको हो । कामगर्ने स्थानभन्दा झन्डै ५ सय मिटर पर उनको सानो कच्चीघर छ, जहाँ ६ जनाको परिवार बस्ने गर्दछन् ।उनले टेलरिङ्ग पसलमा मास्टरले काटेका कपडाहरू सिलाई गरेबापत पैसा पाउँछन