काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था हटाएकाले अर्थतन्त्र चलायमान हुने नेपाल चेम्बर अफ कमर्सले बताएको छ ।
‘अर्थतन्त्र : अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा चेम्बरले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजीक्षेत्रका समस्या राख्दै समाधानका उपाय सुझाएको थियो,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसलगत्तै राष्ट्र बैंकबाट नगद मार्जिनको व्यवस्था हट्नु स्वागतयोग्य छ ।’
यसअघि नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा मार्गदर्शन २०७९’मा गरेको संशोधनको समेत चेम्बरले स्वागत गरेको थियो ।