वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट हुण्डी कारोबार गरेको आरोपमा साढे २२ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज महानगरपालिका– १६ नगवा बस्ने ३४ बर्षीय विकास साह र वडा नम्बर १८ बस्ने १९ बर्षीय सुवासकुमार साहलाई पक्राउ गरेको हो। प्रहरीले वीरगञ्ज–८ घण्टाघरस्थित सडक खण्डमा दुबै जना सवार रहेको बीआर ०५ एई ९३४३ […]
शिक्षामा विदेशिने रकम, हुण्डी कारोबारीमाथि कडाइ तथा नेपालीको अनावश्यक वैदेशिक भ्रमणलाई केही हदसम्म रोक्ने हो भने त्यसले विदेशी बिनिमय सञ्चितिमा सकारात्मक प्रभाव पार्ने पूर्व अर्थमन्त्रीले बताएका छन् ।गैर कानूनी हुण्डी कारोबार बढेका कारण रेमिटयान्स आय कम भएको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको तर्क छ । अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक संकेतहरु देखिन थालको भन्दै उनले ब्याबहारिक रुपमै […]
वीरगञ्ज – हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले स्रोत नखुलेको रकमसहित हुण्डी कारोबार गरेको आरोपमा भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण ढाका थाना विक्रमपुर– ७ बस्ने जादोलाल साह र मोतिहारी जिल्ला छौडादानो थाना– ३ बस्ने बिगन साहलाई पक्राउ गरेको हो। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज– १६ शंकराचार्य […]
पर्सा : कोरोना कहर केही सुस्त भएको बेला यहाँका सीमा क्षेत्रमा अवैध हुण्डी कारोबार भने मौलाएको पाइएको छ। पछिल्ला ४-५ दिन यताका घटनाले यस्तो देखाएको हो।चालु भदौ महिनाको २८ गते बिहानदेखि ३१ गतेसम्म प्रहरीले तीनवटा अवैध कारोबारका घटनामा संलग्न तीन टोलीलाई हुण्डीको रकमसहित पक्राउ गर्नुले पनि यो प्रष्ट भएको छ। सीमानजिक प्रहरीका आँखा छलेर हुने अन्य अवैध हुण्डी कारोबारको कुनै लेखाजोखा नै छैन।तर, प्रहरीले थाहा पाएर नियन्त्रण लिएका मात्र पछिल्ला ३ घटना सार्वजनिक भएपछि हुण्डी कारोबारी सलबलाउन थालेको प्रहरी
वीरगञ्ज – साढे ३८ लाख नगदसहित हुण्डी कारोबार गरेको आरोपमा सुनचाँदी व्यवसायीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–६ माईस्थान चोकमा रहेको केपी ज्वेलरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ज्वेलर्सका सञ्चालक वीरगञ्ज महानगरपालिका–६ बस्ने कन्हैयाप्रसाद सोनार र पसलमा काम गर्ने बाराको परवानीपुर गाउँपालिका–३ बस्ने दीपककुमार सर्राफ रहेका छन्। अबैध हुण्डी कारोबार […]
२३ जेठ, पर्सा । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ३९ वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनीमाथि अवैध वित्तीय कारोवार (हुण्डी) गरेको आरोप छ । प्रहरीले उनको साथबाट ना.२८ प ५७५८ नम्बरको ग्ल्यामर मोटरसाईकल र लुकाएर राखेको नगद तीन लाख रूपैयाँ […]