साउन १५ गते खिर खाने दिन देशभर करिब ९० लाख लिटर दुध खपत भएको छ । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन नेपालका अनुसार अरू दिन दैनिक ३० लाख लिटर दुध खपत हुन्छ तर खिर खाने दिन तीन गुणा बढी अर्थात् ९० लाख लिटर दुख खपत भएको हो । ९० लाख लिटर दुध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको जनाइएको छ ।
नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।
साउन १५ खिर खाने दिन । अहिले गाउँमा खिरभन्दा पीर धेरै छ । किनकि गाउँमा युवा छैनन् । कुनै वेला गुल्मी दरबार गाउँपालिका– १ जुभुङका ८१ वर्षीय थम्मनबहादुर खड्काको गोठमा...
काठमाडौंं । आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिवसका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको हो […]
काठमाडौं । भोलि साउन १५ गते । अर्थात्, खिर खाने दिन । हरेक वर्ष साउन १५ मा खिर खाने नेपाली परम्परा छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार विश्वमा खिर खाने प्रचलन १४औँ शताब्दीबाट सुरु भएको पाइन्छ । खिर खाने प्रचलनको सुरुवात छिमेकी मुलुक चीनबाट भएको अनुमान गरिन्छ ।
हाल खिर विश्वका...
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकार पाँच वर्षसम्म कायम रहने बताउनुभएको छ। उहाँले अब गठबन्धन सरकार दायाँबायाँ नहुने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कर्मचारीले खिर खाने दिन (साउन १५) का अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक अस्थिरताको अन्त्य भएको बताउनुभयो। उहाँले अब राजनीतिक उतारचढावको स्थिति अन्त्य भएको उल्लेख गर्दै भन्नुभयो, “सबैलाई ढुक्कसँग काम गर्न अनुरोध गर्दछु। अहिलेको गठबन्धन सरकार पाँचै वर्ष रहने स्थिति भएको छ। के होला, कसो होला भन्ने दुबिधा छैन। अस्थिरता हुने स्थिति टुङ्गिएको छ।”